संस्कृति जोगाउन तल्लोकोलडाँडामा ‘साँस्कृतिक सन्ध्या’, कार्यक्रमबाट १ लाख संकलन

कात्तिक ७ गतेबाट ‘ढल्क्यो जोवान भलिबल प्रतियोगिता’ हुने

पाल्पा | असोज २२, २०८२

संस्कृति जोगाउन तल्लोकोलडाँडामा ‘साँस्कृतिक सन्ध्या’, कार्यक्रमबाट १ लाख संकलन

पाल्पाको बगनासकाली गाउँपालिका ५ तल्लोकोलडाँडामा संस्कृति संरक्षण गर्ने  उद्देश्यसहित विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

 

स्थानीय स्तरमा सक्रिय माउण्ट एभरेष्ट युवा क्लबले बडा दशैं (विजयादशमी) को अवसरमा ‘संस्कृति र पहिचानको जगेर्ना गरौं, पुख्र्यौली इतिहासलाई संरक्षण गरौं’ भन्ने नारासहित मंगलबार सांस्कृतिक सन्ध्याको आयोजना गरेको हो ।

 

उक्त कार्यक्रमबाट करिब १ लाख संकलन भएको क्लबका अध्यक्ष धिरज गाहामगरले जानकारी दिए । 

 

उनका अनुसार उक्त रकम सामाजिक कार्यमा खर्चिने गरी कोषमा राखिने छ । 

 

‘हामीले हरेक वर्ष साँस्कृतिक कार्यक्रम आयोजना गर्दै आएका छौ । यो वर्षपनि भव्य रुपमा सफल भएको छ, उनले भने,  ‘हरेक क्षेत्रबाट र आर्थिक सहयोग गर्ने सम्पूर्णलाई क्लबको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहान्छु र उक्त रकम कोषमा राख्ने निर्णय गरेका छौं ।’

 

उनले सो कार्यक्रमले संस्कृतिको जगेर्ना गर्न मद्दत पुग्ने बताए । 

 

‘मगर भाषा, कला धर्म तथा संस्कृति विगत धेरै समयदेखि जिवितै छ, अध्यक्ष रानामगरले भने, ‘त्यसैले यो कार्यक्रमले धेरै थोरै भएपनि यसको जगेर्ना गर्न मद्दत पुग्ने विश्वास छ ।’

 

अध्यक्ष गाहामगरका अनुसार मगर समुदायमा प्रचलित कौडा, सालैजो, चुट्का, साकेला, तामाङ सेलो तथा झ्याउरे लगायतका नृत्यहरु स्थानीय कलाकारले प्रस्तुत गरेका थिए ।

 

सहिद केवल गाहामगर स्मृति खेलमैदाममा भएको कार्यक्रमको सञ्चालन विष्णु रानामगर र गुनबहादुर आलेमगरले गरेका थिए ।

 


कात्तिक ७ गतेदेखि ढल्क्यो जोवान (३० वर्ष माथी) भलिबल प्रतियोगिता हुने
 

माउण्ट एभरेष्ट युवा क्लबले आगामी कात्तिक ७ गतेदेखि ढल्क्यो जोवान (३० वर्ष माथि) खुल्ला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । 

 

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारासहित सहिद केवल गाहामगर स्मृति खेलमैदाममा प्रतियोगिता संचालन गरिने पूर्व क्लब अध्यक्ष दान बहादुर रानाले जानकारी दिए ।

 

उनका अनुसार आफ्नो समयमा छवि बनाएका खेलाडीहरुको सम्बन्ध सुमधुर बनाउने उद्देश्यसहित पहिलो संस्करणको ढल्क्यो जोवान (३० वर्ष माथि) खुल्ला भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।

 

 

उक्त प्रतियोगिताको विजेता टिमले नगद रु २० हजार प्राप्त गर्नेछ । यस्तै उपविजेता हुने समूहले नगद रु १० हजार र सान्त्वना स्थान हाँसिल गर्ने टिमले नगद रु ५ हजार प्राप्त गर्नेछ । 

 

प्रतियोगितामा सहभागिता जनाउनका लागि नगद रु २ हजार निर्धारण गरिएको छ । 

 

प्रतियोगितामा सहभागी हुने खेलाडीले उमेर खुल्ने परिचय पत्र (नागरिकता वा लाइसेन्स वा मतदाता परिचयपत्र) अनिवार्य साथमा लिएर जानुपर्ने क्लबका सचिव तारा थापामगरले बताए । 

 

उनका अनुसार टिम दर्ता फोनमार्फत (९८६९६२८६००, ९८६७३९४०७ ) पनि गर्न सकिने छ । 

 

सो प्रतियोगिता सम्पन्न गर्नका लागि कल्पना रानामगर (हाल हङकङ) ले स्वं श्रीमान नारायण रानामगरको स्मृतिमा नगद रु २० हजार सहयोग गरेको आयोजकले जनाएको छ ।
 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्